spot_img

शर्माली बजारमा पहिलोपटक बिजुली बत्ती, स्थानीयमा उत्साह

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
- Advertisement -

केशव भट्ट, बैतडी, साउन २७ गते । बैतडीको शिवनाथ गाउँपालिका–०२ स्थित शर्माली बजारमा पहिलोपटक बिजुली बत्ती बलेको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र र गाउँपालिकाको समन्वयमा यहाँ विद्युत सेवा विस्तार गरिएको हो।

तल्लो स्वराड क्षेत्रका प्रमुख बजारमध्ये दुर्गम मानिने शर्माली बजार अँध्यारोबाट मुक्त भएको छ। यसअघि यहाँका बासिन्दा सोलार, टुकी र झरोको भरमा उज्यालो गर्दै आएकोमा हालमात्रै बिजुली बाल्न सकिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

विद्युत आगमनसँगै मिल, कुटानी–पिसानी तथा पेलानी मिल जडान गरी सञ्चालन गर्न सहज हुने भएको गाउँपालिकाले जनाएको छ। बिजुली बाल्न महत्वपूर्ण भूमिका खेलेका सबै निकायप्रति आभार प्रकट गर्दै गाउँपालिकाका अन्य बिजुली नपुगेका बस्तीहरूमा पनि विस्तारको काम निरन्तर भइरहने अध्यक्ष साउदले जानकारी दिनुभयो ।

बिजुली बलेसँगै बजार र आसपासका बासिन्दामा खुशीको माहोल छ। स्थानीयले यसलाई आफ्नो क्षेत्रको आर्थिक र सामाजिक विकासको महत्वपूर्ण कदमका रूपमा लिएका बताइएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img