बैतडी, साउन २६ गते । पाटन नगरपालिकामा भएको भनिएको अनियमितताको छानबिन गर्न समिति गठन गरिएको छ।
आइतबार बसेको नगरकार्यपालिकाको बैठकले जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीको संयोजकत्वमा समिति बनाएको हो।
समितिमा शहरी विकास तथा भवन निर्माण कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि सदस्य रहनेछन्।
समितिले बिना कागजात भुक्तानी, पूर्वाधार योजनामा अनियमितता, झुटा कागजात पेश, नियमविपरीत खर्च र उपल्ला बाटुला ढुङ्गा खानीको सम्भाव्यता अध्ययनमा देखिएका अनियमितताको छानबिन गर्नेछ।
महालेखा परीक्षकको टोलीको काम सकिएपछि समितिले कार्य सुरु गर्ने नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो ।
पाटन नगरपालिकामा अनियमितता छानबिन गर्न समिति गठन
सेयर गर्नु हाेस
सम्बन्धित समाचार








