spot_img

बैंक खाताबाट पैसा गायब हुने घटना : साइबर सुरक्षाप्रति गम्भीर प्रश्न

- Advertisement -


बैतडी – नेपालमा पछिल्ला दिनमा बैंक खाताबाट पैसा गायब हुने घटनाहरू तीव्र गतिमा बढिरहेका छन । डिजिटल बैंकिङ विस्तारसँगै यस्ता घटनाले उपभोक्ताको विश्वासमा गम्भीर आघात र्पुयाइरहेको छ ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–३ का इञ्जिनियर हरिशंकर जोशीको खाताबाट रकम गायब भएको घटना हालै सार्वजनिक भएको छ । उहाँको नाममा रहेको सिद्धार्थ बैंकको खाताबाट ५४ हजार रुपैयाँ जम्मा भए पनि क्रेडिट कार्ड तिर्ने १५ हजार कटौतीपछि बाँकी ३९ हजार रुपैयाँमध्ये ३१ हजार रहस्यमय ढंगले हराएको देखिन्छ ।
उहाँका अनुसार, “मैले कुनै अनधिकृत कारोबार गरेको छैन । बैंकसँग सम्पर्क गर्दा पनि घटनाबारे स्पष्ट जवाफ पाउन सकिएको छैन, जसले थप आशंका उत्पन्न गराएको छ । ”
इञ्जिनियर जोशीको अनुभव एक्लो घटना मात्र नभई यस्ता गुनासा देशैभरबाट आइरहेका छन् भन्ने आशंका समेत बढ्दो छ । यसले बैंक भित्रको पारदर्शिता, साइबर सुरक्षाको अवस्था तथा नियामक निकायहरूको भूमिकामाथि प्रश्न उठाएको छ । सामान्य उपभोक्ताका लागि यस्ता घटनाले ठूलो मानसिक तनाव सिर्जना गर्नुका साथै बैंकप्रतिको विश्वासमा गम्भीर क्षति र्पुयाउने खतरा देखिन्छ ।
यस्तो परिस्थितिमा राष्ट्र बैंक, साइबर ब्युरो, उपभोक्ता अधिकार संरक्षण समिति लगायत सम्बन्धित निकायले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल छानबिन सुरु गर्नु अपरिहार्य देखिन्छ । बैंकिङ प्रणालीमाथिको जनविश्वास जोगाउन यथाशीघ्र कारबाही र सुधार आवश्यक भइसकेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img