spot_img

पञ्चेश्वर परियोजना अगाडी बढाइने छ: मन्त्री खड्का

- Advertisement -

साउन १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लामो समयदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन गृहकार्य भइरहेको बताउनु भएको छ । नेपाल–भारत दुवैको हित हुने गरी परियोजनालाई अगाडी बढाउन काम थालिएको उहाँले बताउनुभयो ।

मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना अगाडि बढाउने गरी महत्त्वपूर्ण सहमति जुट्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्झौता भएको २० वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा नेपालले झन्डै एक खर्ब रुपैयाँको घाटा व्यहोर्नु परेको छ, अब बाँकी विवादित विषय टुङ्ग्याउने गरी गृहकार्य भइरहेको छ ।”

नेपालको ऊर्जा क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि स्रोत साधनको अभाव, कानुनी अड्चन र आर्थिक समस्याका कारण पञ्चेश्वर मात्र नभई पश्चिम सेतीजस्ता परियोजनाहरू पनि अघि बढ्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिँदै कृषि टोली

0
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।

बैतडी जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img