spot_img

हावाहुरीले ढालेको रुखले स्वास्थ्यचौकीको सेवा प्रभावित

- Advertisement -

बैतडी – वर्षासँगै आएको हावाहुरीका कारण सल्लाको रुख ढल्दा पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्यचौकी भवनमा ठूलो क्षति पुगेको छ ।
शुक्रबार दिउँसो करिब २ बजेतिर आएको हावाहुरीले ढलेको सल्लाको रुख स्वास्थ्यचौकीको चारकोठे भवनमाथि खस्दा एक कोठा पूर्ण रुपमा नष्ट भएको छ भने अर्काे कोठामा आंशिक क्षति पुगेको हो ।
स्वास्थ्यचौकीका प्रमुख नरेन्द्रराज भट्टराईका अनुसार प्रयोगशालाको रुपमा प्रयोग भइरहेको कोठामा रुख खस्दा त्यहाँ रहेका सामग्री र महत्वपूर्ण कागजातहरू पूर्ण रुपमा नष्ट भएका छन् । त्यस्तै, कुपोषित बालबालिकाको उपचारका लागि सञ्चालन गरिएको ओटिसी कक्षमा समेत आंशिक क्षति पुगेको छ ।
प्रारम्भिक अनुमानअनुसार स्वास्थ्यचौकीमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । साथै, प्रयोगशाला सेवा तत्कालका लागि अवरुद्ध भएको प्रमुख भट्टराईले जानकारी दिएका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते

0
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो

0
हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img