केशव भट्ट, बैतडी,असार २१ गते।
बैतडीको पाटन नगरपालिका–५ र ८ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढ बनाउँदै विधिअनुसार सम्मेलन सम्पन्न गरिएको हो।
वडा नं ५ मा सम्पन्न सम्मेलनका क्रममा नेपाली कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानसमेत गरिएको छ। वडा सभापति फुनीसिंह बोहराका अनुसार वडा नं ५ भित्रका ३२ जना जेष्ठ क्रियाशील सदस्यलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो।
यस्तै, वडा नं ८ मा समेत वडा सम्मेलन सम्पन्न गरिएको छ। कार्यक्रममा पार्टी सदस्यता वितरणसहित संगठन विस्तारका विषयमा छलफल भएको बताइएको छ।
सम्मेलनमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, महासमिति सदस्य नरेन्द्र भट्टलगायत नेताहरूको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसले जिल्लाभर पार्टीमा लामो समयदेखि योगदान पुर्याएका जेष्ठ क्रियाशील सदस्यहरुलाई निरन्तर सम्मान गर्दै आइरहेको बताउँदै सभापति चन्दले वडा सम्मेलनलाई संगठन सशक्त बनाउने माध्यमका रूपमा लिएको जानकारी दिए। कार्यक्रममा नव–क्रियाशील सदस्यहरुलाई सदस्यता वितरणसमेत गरिएको थियो।










