spot_img

गृहमन्त्री लेखकद्वारा जिल्ला प्रहरी कार्यालय बैतडीको निरीक्षण

- Advertisement -

केशव भट्ट,बैतडी, असार २१ गते।
नेपाल सरकारका गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जिल्ला प्रहरी कार्यालय बैतडीको निरीक्षण गरेका छन्। सनिवार बिहान जिल्ला प्रहरी कार्यालय बैतडीको अनुगमन तथा निरीक्षण गर्नुभएको हो। गृहमन्त्री लेखकले कार्यालयको भौतिक अवस्था, जनशक्ति परिचालन र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको थियो।

जिप्रका निरीक्षणका क्रममा गृहमन्त्री लेखकलाई भवन अभाव, महिला तथा बालबालिका सेवा केन्द्र, र ब्यारेक निर्माणको आवश्यकता लगायतका विषयमा जानकारी गराइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए। ‘‘जिप्रकामा हाल महिला बालबालिका सेवा केन्द्रको छुट्टै भवन छैन, प्रहरीको ब्यारेक पनि पर्याप्त छैन,’’ उनले भने, ‘‘यसबारेमा बजेट व्यवस्था गर्न आग्रह गरेका छौँ।’’

गृहमन्त्री लेखकले जिल्ला प्रहरी कार्यालयसँगै जिल्लाका अन्य प्रहरी इकाइहरूको अवस्थाबारे पनि जानकारी लिएका थिए। निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले भवन निर्माणका लागि आवश्यक बजेट आफ्नो कार्यकालभित्रै व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले बैतडीको ऐतिहासिक तथा धार्मिकस्थल जगन्नाथ मन्दिरमा दर्शन समेत गरेका थिए। गृहमन्त्री लेखकको आजै बैतडीबाट काठमाडौँ फिर्ता हुने कार्यतालिका रहेको बताइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img