spot_img

सुर्नयामा एसईई र कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान

- Advertisement -

बैतडी : सुर्नया गाउँपालिकाले एसईई र कक्षा ८ को परीक्षा उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा एसईईमा ३.४ जीपीएभन्दा बढी ल्याएका ६ र कक्षा ८ मा उत्कृष्ट प्रदर्शन गरेका ३ विद्यार्थीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।

एसईईमा ३.७३ जीपीए ल्याएका रोहित अवस्थीलाई १५ हजार, रोहित कुँवरलाई १२ हजार, भूषण शाहलाई १० हजार, करिश्मा अवस्थीलाई ८ हजार, आरती चन्द र इशिका मडैलाई ७-७ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए।

यस्तै कक्षा ८ मा ३.६८ जीपीए ल्याएका चन्द्रबहादुर बिष्टलाई ११ हजार, कपिल चन्दलाई ८ हजार र आशिष भट्टलाई ६ हजारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले यस्ता कार्यक्रमले मेधावी विद्यार्थीको हौसला बढाउने बताए। उपाध्यक्ष मञ्जु बोहराले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षामा प्रेरणा मिल्ने धारणा राखिन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img