spot_img

त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा आरम्भ, भक्तजनको घुइँचो

- Advertisement -

केशवराज भट्ट,असार २० गते।
बैतडीको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा बिहिबारदेखि अषाढी जात्राको शुभारम्भ भएको छ।

हिन्दू धर्मावलम्बीहरूको श्रद्धा, विश्वास र भक्ति मिसिएको यस जात्रामा वर्षेनि हजारौँ भक्तजनहरूको सहभागिता रहदै आएको छ।

त्रिपुरासुन्दरीमा जात्रा असार शुक्ल अष्टमी र नवमीका दिन विशेष रूपमा मनाइने र जात्राको पहिलो रात अर्थात् अष्टमीमा भगवतीको विशेष पूजाआजा, होम, हवन तथा नित्य धार्मिक विधिहरू गरि भक्तजनहरू दिव्य अनुभूति गर्दै मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गरिने त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयो ।

कापडी गाउँसम्म भगवतीको सवारी: यस जात्रामा भगवतीको सवारी मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरसम्म पुर्‍याइने,भगवती मातालाई डोलीमा राखेर स्थानिय बाजागाजा, ढोलनगारा र शंखध्वनीका साथ मन्दीरका धामि,भण्डारे, पुजारी सहीत श्रद्धालुहरूको अगुवाइमा कापडी मन्दिरसम्म पुर्याएर विशेष पूजापछि भगवतीको फिर्ती सवारी हुने स्थानीय धार्मिक जानकार आनन्दमणी भट्टले बताउनुभयो ।

बलि प्रथा र परम्परागत आस्था: असारे जात्राको अवसरमा राँगा तथा बोकाको बलि दिने प्रचलन रहँदै आएको छ। जनविश्वासअनुसार, भगवतीलाई बलि अर्पण गर्दा पापकर्म नष्ट हुने र भक्तजनको मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। बलिसँगै जात्राको वातावरण भक्तिभाव, भजनकिर्तन र धार्मिक उल्लासले गुञ्जायमान हुने स्थानिय श्याम बहादुर चन्दले बताउनुभयो ।

सीमापारसमेतका श्रद्धालुको सहभागिता: बैतडीका दर्जनौं गाउँबस्तीका विभिन्न स्थानहरूबाट आउने भक्तजनसँगै सीमावर्ती भारतका हिन्दू श्रद्धालुहरू समेत त्रिपुरासुन्दरी जात्रामा सहभागी हुने मन्दिरका अध्यक्ष थापाले बताउनुभयो । “भगवती त्रिपुरासुन्दरीप्रतिको आस्था सीमाभन्दा पर रहेको छ। वर्षेनी भारतका उत्तराखण्ड र उत्तरप्रदेश लगायतका क्षेत्रबाट पनि श्रद्धालु आउने अध्यक्ष थापाले जानकारी दिनुभयो।

पर्यटन गन्तव्यको रूपमा उदीयमान: त्रिपुरासुन्दरी भगवती मन्दिर नेपाल सरकारद्वारा घोषित एक सय पर्यटकीय गन्तव्यहरूमध्ये एक हो। धार्मिक र सांस्कृतिक सम्पदाको संगमस्थल मानिने यस मन्दिरमा वर्षभर श्रद्धालुहरूको ओहोरदोहोर भइरहने स्थानिय माधवप्रसाद लेखकले बताउनुभयो ।
भगवती त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img