spot_img

गृहमन्त्री रमेश लेखक बुधबार बैतडी आउदै

- Advertisement -

बैतडी : गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक आज पुख्र्यौली जिल्ला बैतडी आउने कार्यक्रम तय भएको छ। गृहमन्त्री लेखक पारिवारिक भेटघाट र धार्मिक पूजाका साथै पार्टी कार्यक्रमहरूमा सहभागिता जनाउने उद्देश्यले बैतडी आउन लागेका हुन्।

गृहमन्त्री लेखक बुधबार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो।

बैतडीमा रहँदा मन्त्री लेखकले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।

आज साँझ ५ बजे पाटनमा र बिहीबार बिहान ८ बजे गोठलापानीस्थित कांग्रेस पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सभापति चन्दले बताउनुभयो ।

भ्रमणका क्रममा मन्त्री लेखकले प्रसिद्ध धार्मिक स्थल त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा समेत गर्ने कार्यक्रम रहेको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img