spot_img

पाटन बजारमा निर्माणधीन कोसेलीघरको निर्माणकार्य अन्तिम चरणमा

- Advertisement -

केशव भट्ट,बैतडी।
बैतडीको पाटन नगरपालिका–६ स्थित पाटन बजारमा निर्माणधीन ‘कोसेली घर’को काम अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्रै तीव्र गतिमा निर्माण कार्य अगाडि बढाइएको सो भवनको निर्माण अब अन्तिम चरणमा पुगेको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार बजार क्षेत्रका स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य सामग्री तथा अन्य मौलिक वस्तुहरुको बिक्री र प्रवर्द्धनका लागि कोसेली घर निर्माणको योजना अघि सारिएको हो। स्थानीय स्तरमै उत्पादन भएका वस्तुहरुलाई व्यवस्थितरुपमा बजारमा ल्याउने उद्देश्यसहित कोसेली घर निर्माण कार्य थालिएको हो।

करीब ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको कोसेली घर स्थानीय उपभोक्ता तथा पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। भवन निर्माण सम्पन्न भएपछि स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने र पाटन बजारको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

समितिका अध्यक्ष भट्टका अनुसार कोसेली घरको निर्माण कार्य सम्पन्न भएसँगै शीघ्र उद्घाटन गर्ने तयारी पनि भइरहेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img