केशव भट्ट,बैतडी, असार १७गते ।
नेपाली कांग्रेस पाटन नगरपालिका वडा नम्बर ६ को स्तरिय वडा सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सभापति चतुरबहादुर चन्द प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पाटन नगर कार्यवाहक सभापति रमेश सिंह महराले गर्नुभएको थियो। सम्मेलनमा लामो समयदेखि पार्टीमा कृयाशील भूमिका निर्वाह गरेका सदस्यहरू र जेष्ठ नागरिकहरूलाई विशेष सम्मान गरिएको थियो।
सम्मेलनलाई सम्बोधन गर्दै वक्ताहरूले नेपाली कांग्रेसलाई अझ सुदृढ र संगठित बनाउँदै आगामी दिनमा पार्टीलाई अग्रगामी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय कांग्रेस नेताहरू, कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।










