spot_img

शिवनाथ गाउँपालिकामा दुईदिने शिक्षक क्षमता विकास तालिम सम्पन्न

- Advertisement -

केशव भट्ट,बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धिका लागि दुईदिने तालिम सम्पन्न भएको छ। गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार शिवनाथ–५ स्थित शिवपुर्ण माध्यमिक विद्यालयमा तालिम सम्पन्न गरिएको हो।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षतामा सुरु भएको तालिम कार्यक्रममा उपाध्यक्ष सकुन्तला साउँद विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

विद्यालयस्तरको शिक्षामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले विज्ञान, गणित र अंग्रेजी विषयमा अध्यापन गराउने १०४ जना शिक्षकलाई तालिम प्रदान गरिएको शिक्षा शाखा प्रमुख दिनेश साउँदले जानकारी दिनुभयो।

तालिममा एकीकृत पाठ्यक्रमको संरचना, कार्यान्वयन रणनीति, समावेशी शिक्षण विधि, मूल्याङ्कन प्रणाली, कक्षाकोठामा प्रस्तुतीकरण शैली, विद्यार्थीहरूसँगको व्यवहार र मोडेल आधारित शिक्षण विधिबारे विस्तृत रूपमा प्रशिक्षण दिइएको थियो।

शिक्षकहरूलाई कक्षामा सहज र प्रभावकारी तरिकाले पढाउन सक्ने बनाउने उद्देश्यसहित प्रदान गरिएको तालिमको सहजीकरण शिक्षा अधिकृत दिनेश साउँद, मणिलेक माविका प्रअ देवदत्त कलौनी, निवर्तमान प्रअ रमेशदत्त बाग, कुलाउ माविका शिक्षक शिवराज कलौनीलगायतले गर्नुभएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img