केशव भट्ट,बैतडी, असार ७ गते ।बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा रहेको बासुलिङ बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य तथा बचतकर्तालाई लक्षित गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरता अभिमुखिकरण तालिम सुरु गरेको छ।
संस्थाको सुदृढीकरण तथा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको हो। पालिकाको पहल र आर्थिक सहयोगमा पहिलो पटक तालिम सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष देव बहादुर चन्दले जानकारी दिनुभयो ।
तालिम असार ६ गते शुक्रबारदेखि सुरु गरिएको हो। तालिमका संरक्षक एवं प्रशिक्षक मान बहादुर चन्दले सदस्यलाई लघुउद्यमी बनाउँदै आर्थिक सशक्तीकरणतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक योगेन्द्र बहादुर चन्दका जानकारी दिनुभयो ।
तालिमको उद्घाटन समारोह सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवरको प्रमुख आतिथ्यता र सहकारी अध्यक्ष देव बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो वडा अध्यक्ष गणेश बहादुर विष्ट, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष कुवरले सहकारीमार्फत जनजीवन सुधार गर्न पालिका सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।
हाल बासुलिङ सहकारीमा ६६४ जना शेयर सदस्य आबद्ध छन् भने संस्थाको कुल बचत २करोड,५६लाख रहेको संस्थाका संचालक योगेश चन्दले बताउनुभयो । तालिममा ती सदस्यहरूमध्ये विभिन्न वडाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको जनाएको छ।










