spot_img

मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

- Advertisement -

केशव भट्ट,बैतडी: मेलौली नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। बुधबार आयोजित एक कार्यक्रममार्फत नगर क्षेत्रका सबै ९ वडामा खोप सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो।

स्वास्थ्य शाखाका प्रमुख मोहन सिंह भाटका अनुसार जन्मेदेखि १५ महिना सम्मका ३१९ जना र १६ महिनादेखि ५ वर्ष सम्मका ९५६ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

घोषणाअघि खोप स्वयंसेवक र स्वास्थ्यकर्मीहरूले घर–घरमै पुगेर बालबालिकाले खोप पाएका छन् कि छैनन् भन्ने तथ्य प्रमाणसहित पुष्टि गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख भीम बहादुर चन्द ‘भूकम्प’ले नगरवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो। उपप्रमुख पार्वती बोहरा विष्टले खोप पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।

नगर प्रमुख चन्दको अध्यक्षता र उपप्रमुख विष्टको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमकै अवसरमा नगर क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा सम्मान गरिएको थियो। स्वास्थ्य शाखाका सिनियर अहेव राज बहादुर चन्दका अनुसार प्रमाणपत्र र खादा सहित उनीहरूलाई सम्मान गरिएको हो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img