केशव भट्ट,बैतडी, पाटन: पाटन नगरपालिकाको न्यायिक समितिको आयोजनामा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय तहमा न्यायमा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बैतडीका जिल्ला माननीय न्यायाधीश तिर्थराज भट्ट नगरप्रमुख गौरी सिंह रावल,सुरक्षा निकायका प्रमुखहरू, महिला प्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा न्यायिक समितिका संयोजक तथा उपप्रमु कमल सिंह बोहराले स्थानीय विवाद समाधानका कानुनी उपाय, महिला तथा बालअधिकार, लैंगिक हिंसा र पीडितको संरक्षण सम्बन्धी कानुनी व्यवस्था बारे जानकारी गराएका थिए।

यस्तै कार्यक्रममा बोल्दै न्यायाधीश भट्टले सबै नागरिहरुले कानुनको पालना गर्नसके समाजमा अपराधिक गतिविधिहरु कमहुने बताउनुभयो ।सहभागीहरूले यस्तो कार्यक्रमबाट कानुनी ज्ञान प्राप्त भई आफ्ना अधिकारको संरक्षणमा सजिलो हुने प्रतिक्रिया जनाएका थिए।
कार्यक्रमले समुदायमा न्यायिक सचेतना अभिवृद्धि गर्दै न्यायमा सहज पहुँच कायम गर्न सघाउने अपेक्षा गरिएको छ।










