spot_img

पूर्णखोपको प्रतिबद्धता: सुर्नया गाउँपालिका ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना’ घोषणा

- Advertisement -

केशवराज भट्ट,बैतडी,असार,२गते । बैतडीको सुर्नया गाउँपालिकालाई ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित सोमबार खोप पालिकास्तरीय समन्वय समितिले औपचारिक रूपमा घोषणा गरेको हो।

स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेपछि पालिकालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

यसअघि सुर्नयाका सबै ८ वडाहरूलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा भइसकेको थियो।

घोषणा कार्यक्रममा ० देखि ५९ महिनासम्मका १ हजार २३३ जना बालबालिकालाई खोप दिइएको जानकारी पनि सार्वजनिक गरिएको थियो। पालिकाका अनुसार बालबालिकालाई १३ वटा रोगविरुद्ध खोप प्रदान गरिँदै आएको छ।

पूर्णखोप सुनिश्चितताका लागि उल्लेखनीय योगदान पुर्‍याउने ८ वटा स्वास्थ्य संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो।

पालिका अध्यक्ष अमरबहादुर कुँवर, उपाध्यक्ष मञ्जु महरा बोहरा, सबै वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले प्रत्येक वर्ष घरधुरी सर्वेक्षणमार्फत खोपको अवस्था यकिन गर्दै आएको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img