spot_img

दशरथचन्द पुनः पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित

- Advertisement -

केशव भट्ट बैतडी । जेठ ३१ गते ।
बैतडीको दशरथचन्द नगरपालिका यस वर्ष पनि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । शनिबार आयोजित विशेष समारोहमा नगरपालिकाका ११ वटै वडा खोप सुनिश्चित भएको पुष्टि गर्दै घोषणा गरिएको हो ।
नगरपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका ४८३ जना र १६ महिनादेखि ५ वर्षसम्मका १,३०९ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सम्पूर्ण खोप प्राप्त गरिसकेका छन । यो सुनिश्चित गरेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
नगर स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीका अनुसार, घोषणा अघि खोप कार्यकर्ताहरूले घरदैलो भ्रमण गरी हरेक बालबालिकाको खोप अवस्था यकिन गरेका थिए । ू खोप नलगाउँदा बालबालिका अनेकौं संक्रामक रोगको चपेटामा पर्न सक्छन ।, त्यसैले पूर्ण खोप सुनिश्चित गर्नु अत्यावश्यक छ,ू उनले भने ।
खोपले बालबालिकालाई दादुरा, पोलियो, टिटानस, न्यूमोनिया लगायत १३ वटा संक्रामक रोगबाट जोगाउँछ । खोपको पहुँच नभए बालमृत्यु दर वृद्धि हुने जोखिम पनि रहन्छ । दशरथचन्द नगरपालिकालाई सन् २०७० मा नेपालकै पहिलो पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष नगरपालिकाले खोप सुनिश्चितताको मापदण्ड पुरा गर्दै आएको छ ।
नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाउने सुनिश्चित गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । उपप्रमुख कौशिला चन्दले खोप बालबालिकाको अधिकार भएको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताइन । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमन बहादुर कुँवर प्रमुख अतिथि थिए । प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ११ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत १५ जना खोप कार्यकर्तालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img