बैतडी:अधिकारको क्षेत्रमा क्रियाशील संस्था दलित समाज विकास मञ्चले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) लाई सामाग्री हस्तान्त्रण गरको छ ।
संस्थाका अध्यक्ष सरस्वती नेपालीले जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर शुसील विक मार्फत शुक्रबार ओसिएमसिलाई लत्ताकपडा लगायत सरसफाईका सामाग्रीहरु हस्तान्त्रण गरेका हुन् ।
विगतमा पनि संस्थाले ओसिएमसिलाई सामाग्रीहरु हस्तान्त्रण गर्दै आएको संस्थाका अध्यक्ष सरस्वती नेपालीले जानकारी दिनुभयो । दलित समाज विकास मञ्चले हस्तान्त्रण गरेका सामाग्रीहरुले ओसिएमसि लाई सहयोग पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर शुसिल विकले जानकारी दिनुभयो।








