बैतडी:पञ्चेश्वर गाउँपालिकामा आर्थिक बष २०८१ र ०८२को महिला विषेश कार्यक्रमा अन्तरगत कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुका लागी लोकसेवा शिक्षक सेवा र लाईसेन्सका निःशुःक तयारी कक्षा सुरु गरेको छ ।
गाउँपालिकाले यहाँका युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले नव प्रभात सयुक्त क्याम्पस कुलाउमा कक्षा सञ्चालन सुरु भईसकेको गाउँपालिका उपाध्यक्ष विना भट्टले जानकारी दिनुभयो ।
क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएका बेला विद्यार्थीहरु लाई निजामती सेवा र शिक्षक सेवा प्रति आकर्षित गर्न २ महिने तयारी कक्षा सञ्चालन गरिएको उपाध्यक्ष भट्टले जानकारी दिनुभयो ।
पढेका युवा बेरोजगार हुँदा पढेर मात्र के गर्ने भन्ने बुझाई युवामा आउन थालेकाले सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको उपाध्यक्ष भट्टको भनाई छ ।
“१२ कक्षा उत्तीर्ण गरेपछि बैदेशिक रोजगारीका लागी विभिन्न मुलुक जाने चलन बढी देखिन्छ”, उनले भने, “उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।” क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु तयारी कक्षामा सहभागी भएका हुन् ।
क्याम्पसमा लोकसेवा, शिक्षक सेवा र लाईसेन्सका कक्षाहरु सञ्चालन गरिएको हुन। दुर्गम ठाउँमा यसरी कक्षाहरु सञ्चालन भएपछि विद्यार्थीहरुलाई सहज भएको क्याम्पस श्रोतले जनाएको छ।










