spot_img

भारतबाट फर्किएका ३ जनामा कोभिड १९ संक्रमण पुष्टि

- Advertisement -

बैतडी: भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

कोभिड पुष्टि हुनेमा दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

कञ्चनपुरको पुर्नवासका २० वर्षका युवक,अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो ।

उहाँले भन्नुभयो,“ भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा ३ जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौं ।”

कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कोभिड पुष्टि भएका तीनैजनाको सेम्पल काठमाडौं पठाएका छौं । काठमाडौंमा पीसीआर परीक्षणपछि उनीहरुमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ । ”

भारत तथा अन्य छिमेकी राष्ट्रहरुमा कोभिड १९ को संक्रमण देखा परिरहेकोले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकाहरुमा सतर्कता अपनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिइएपनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।

कोभिड १९ को संक्रमण जोखिम बढेकोले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img