spot_img

एसिसी यू–१६ सुदूरपश्चिम टोली घोषणा

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -


केशव भट्ट,बैतडी।
एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनौटका लागि हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
कप्तानमा भट्टसँगै उपकप्तान अविरल विक,सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउँद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहनुभएको छ ।
यस्तै रुद्र प्रसाद आचार्य, ध्रुव लुहार, महेश देउवा र शंकर बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहनुभएको छ ।
हालै सम्पन्न प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई यो टोलीमा समोवश गरिएको हो ।
प्रदेशस्तरीय छनौट प्रतियोगिता वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो । प्रतियोगिताका प्रदेशका ८ जिल्लाका टोलीहरुको सहभागिता रहेको थियो ।
यू–१६ राष्ट्रिय क्रिकेट कर्णाली प्रदेशको सुर्खेतमा जेठ १९ गतेदेखि सुरु हुँदैछ। सुदूरपश्चिमको पहिलो भिडन्त जेठ १९ मा कोशी प्रदेशसँग रहेको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img