spot_img

नेपाली काँग्रेस संसदभित्र २०८४ सम्मनै प्रतिपक्षको भुमिकामा रहने

- Advertisement -

२६,जेठ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले काँग्रेसले चुनावमा गए अनुसारको प्रतिवद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा काँग्रेस प्रतिपक्षमा पुगेको बताए। उनले काँग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए।

महामन्त्री थापाले प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताए। उनले काँग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरु संशोधनका लागि अन्य राजनीतिक दलहरुसँग कुराकानीमा रहने बताए।

उनले भने, ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ। हाम्रो चाहनाले होइन। परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ। यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा। बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ। त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ। त्यहाँ छलफलबाट केही समझदारी कायम गरेका छौँ। अब २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ। हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए। उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए। उनले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको बताए। उनले यस सम्बन्धमा नेपाली काँग्रेसले ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए।

उनले भने, ‘केही दिनअघि नेपालको एकजना पूर्वप्रधानमन्त्रीले अहिलेको बहालवाला मन्त्रीको बारेमा तुच्छ टिप्पणी गर्नुभयो। महिला भएको कारणले हेपेर टिप्पणी गर्नुभयो। त्यो हेपाई र उहाँले दिएको अभिव्यक्ति स्त्रीदोषी पनि थियो। त्यो विभेदपूर्ण, गलत र घृणाले भरिएको थियो।’

महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए। उनले काठमाडौं काँग्रेसले रिभाइभ गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए। थहा…..

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img