spot_img

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

- Advertisement -

रौतहट — रौतहटको ईशनाथ नगरपालिका–४ महुलियास्थित सीमा नाकाबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई स्रोत नखुलेको नेपाली १६ लाख ४९ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।

मधेश प्रदेश ०३३प९३०८ नम्बरको मोटरसाइकल चढेर भारतबाट साह र आलम स्रोत नखुलेको रकम लिएर नेपाल आउँदै गर्दा चेकजाँचका क्रममा पक्राउ परेका हुन् । उनीहरुसँग रकम कहाँ लैजान लागेको र रकमधनी को हो भन्नेबारे सोधपुछ भइरहेको एसपी हुमागाईंले बताए ।

केही समययता सीमाक्षेत्रमा स्रोत नखुलेको रकमको कारोबार बढेको पाइएको छ । उनीहरू नाका बदलेर भारतबाट स्रोत नखुलेको रकम लिएर ओहोरदोहोर गर्न थालेको सुरक्षाकर्मी बताउँछन् । ‘हामीले सम्भावित नाकाहरुमा कडा निगरानी गर्दै आएका छौं,’ एसपी हुमागाईंले भने, ‘स्रोत नखुलेको रकमको कारोबार गर्नेहरु कहिले मोटरसाइकलमा त कहिले साइकल र कहिले पैदल हिंडेर कारोबार गर्दै आएको पाइएको छ ।’

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img