spot_img

तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो

भीर भएका खरफागलाहरुमा खर खाट्न निकै जोखिम हुने गरेको छ ।

- Advertisement -

बैतडी, कात्तिक २१ गते । हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको सुर्नया गाउँपालिका ६ की स्थानीय कमला अवस्थीले बताइन् । उनले भनिन् ‘असोजदेखि नै खर काट्ने क्रम शुरु भएको हो । अहिले गाउँघरका महिलाहरु खर काट्ने काममा व्यस्त रहेका छन् ।’

पहाडी जिल्लाका प्रत्येक ठाउँमा खर काट्ने चटारो बढेको डडेल्धुराको भागेश्वर गाउँपालिकाकी कमला बोहराले बताइन् । बिहानदेखि बेलुकासम्म खर काट्ने काममा आफूहरु व्यस्त रहेको उनले सुनाइन् । उनले भनिन् ‘हिजोआज गाउँघरमा कामको व्यस्तता छ । खेतीपातीसंगै खर काट्ने चटारो बढेको छ ।’

हिउँदको समयमा घरपालुवा बस्तुभाउहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन रही आएको दार्चुलाका स्थानीय इन्द्रसिंह रावलले बताए । अहिले जिल्लाभरी खर काट्ने चटारो बढेको उनले बताए । गाउँघरमा महिलाहरु अहिले घर काट्ने काममा व्यस्त रहेका उनको भनाइ छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ । 

भीर भएका खरफागलाहरुमा खर खाट्न निकै जोखिम हुने गरेको छ । खर काट्ने क्रममा लडेर बर्षेनी धेरैले अकालमै ज्यान समेत गुमाउने गरेका छन् । खर काट्नका लागि भीरपाखामा जानुपर्ने भएकाले जोखिम रहेको बैतडीको श्रीभावरकी मानमती साउँदले बताइन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते

0
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img