spot_img

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

- Advertisement -

५ कात्तिक, काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

हालसम्म प्लेअफ खेल्ने ६ टोलीको टुङ्गो लागिसकेको छ । नेपालसहित क्यानडा र यूएई लिग २ को अन्तिम चारमा रहने पक्का भइसकेको छ भने च्यालेन्ज लिग बी बाट इटाली र युगान्डा पनि प्लेअफमा पुगिसकेका छन् ।अब च्यालेन्ज लिग ए बाट जर्सी आउने पक्का भइसकेको छ भने कुवेतको पनि स्थान लगभग निश्चित छ, तर त्यहाँ अझै खेल बाँकी भएकाले आधिकारिक आउन बाँकी छ ।

लिग २ बाट पनि ओमान र नामिबियामध्ये एक टोली आउनेछन् । जसको पनि आधिकारिक टुङ्गो लाग्न बाँकी छ । यसरी ८ टोलीले प्लेअफ खेल्ने छन् ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडीमा २३औं संस्करणको बिडिसिए कप क्रिकेट मंसिरमा हुने

0
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको बैतडी छनोट तथा बिडिसिए कप क्रिकेट प्रतियोगिताको २३औं संस्करण आगामी मंसिरमा हुने भएको छ।

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img