spot_img

एमाले सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा, सभामुखले गरे होल्ड

प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

- Advertisement -

२८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् । स्रोतकाअनुसार थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न नहुने, सबै सांसदले बजेटबारे धारणा राख्न पाउनुपर्ने माग गरेका थिए । तर, संसदीय दलले थापालाई बजेटमाथिको छलफलमा भाग नै लिन नदिएपछि उनी असन्तुष्ट बनेका थिए ।

राजीनामा होल्ड

थापाले मंगलबार नै सभामुख भण्डारीलाई राजीनामा पत्र बुझाइसकेका छन् । तर, सभामुख भण्डारीले यसबारे निर्णय लिन बाँकी छ । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । थापाको सचिवालयले भने यसबारे औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । थापाका स्वकीय सचिव राधाकृष्ण जोशीले यसबारे जानकारी नभएको बताए ।

प्रदेश सरकारले चालु वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । बजेटप्रती सत्तारुढ दलकै सांसदहरु असन्तुष्ट छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबारको प्रदेश सभा बैठकले बजेट पारित गरेको छ ।

तर, सभामुख भीमबहादुर भण्डारीले संसदीय अध्ययन समिति गठन गर्ने र त्यसले दिने प्रतिवेदनका आधारमा अगामी २० कात्तिक भित्र पूरक बजेट ल्याउने बताएका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

गोदावरीका १९ वर्षीय युवासहित तीन जना पक्राउ

0
कैलालीको धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गबाट ३ ग्राम ५८ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img