बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २५८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायलको आयोजनामा सोमबार सम्पन्न शिविरमा १२४ जना पुरुष र १३४ जना महिलाले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका हुन्।
पूर्व प्रहरी कर्मचारी, प्रहरी परिवार तथा स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित शिविरमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायलका प्राविधिक प्रहरी निरीक्षक डा. सौरभ श्रेष्ठको नेतृत्वमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।










