spot_img

बैतडी अस्पतालको सेवा विस्तार माग्दै स्ववियुद्वारा ज्ञापनपत्र

- Advertisement -

बैतडी, जेठ २३ गते । जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विभिन्न माग राख्दै बैतडी अस्पताल व्यवस्थापन समितिलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ।

स्ववियु अध्यक्ष रोशन भट्टले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला अस्पतालमा डाइलासिस सेवा सञ्चालन, अस्पताललाई ५० शैय्यामा स्तरोन्नति, आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकको व्यवस्था, लक्षित समुदायका लागि विशेष उपचार सुविधा, औषधि, उपकरण तथा प्रयोगशाला सेवा नियमित र व्यवस्थित बनाउन माग गरेका छन्।

साथै स्वास्थ्य बीमामा आबद्ध नागरिकले सहज रूपमा सेवा पाउने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।ज्ञापनपत्र बुझ्दै समितिका अध्यक्ष क्षेत्रीले अस्पतालको सेवा विस्तारका लागि समिति सक्रिय रहेको बताए। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल स्तरोन्नतिको विषय समेटेकाले बैतडी अस्पताल ५० शैय्यामा स्तरोन्नति हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

अस्पताल स्तरोन्नति भए स्वास्थ्य सेवा थप सहज र प्रभावकारी हुने अध्यक्ष क्षेत्रीले बताए।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img