spot_img

बैतडीको शिवनाथ गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषण

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

केशव भट्ट, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निर्धारित सबै मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।

गाउँपालिकाका ६ वटै वडालाई यसअघि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनुभयो। गाउँपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका २ सय ६६ जना तथा १६ महिनादेखि २३ महिनासम्मका २ सय ५४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चित पालिकाको मान्यता प्राप्त गरेको हो।

बालबालिकाहरूलाई बिसिजी, डिपिटी, हेपबि–हिब, पिसिभी, पोलियो, रोटा, एआइपिभी, पेन्टाभ्यालेन्ट, एमआर, जेई लगायतका खोपहरू राष्ट्रिय खोप तालिका अनुसार नियमित रूपमा प्रदान गरिँदै आएको छ। प्रत्येक वर्ष लक्षित उमेर समूहका बालबालिकाले पूर्ण खोप पाए–नपाएको सुनिश्चित गर्दै पूर्ण खोप पालिका घोषणा गर्ने व्यवस्था रहेको छ।

पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको बताउनुभयो। उहाँले पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिइने बताउनुभयो।

यसैबीच गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार तथा जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाभरिका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ७ हजार ५ सय रुपैयाँ नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष सकुन्तला साउदले जानकारी दिनुभयो ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img