spot_img

विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबारे सचेतना कार्यक्रम सम्पन्न

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी, जेठ २१ गते । बैतडीको पञ्चेश्वर गाउँपालिकाले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पञ्चेश्वर गाउँपालिकाको वडा नंवर-३ स्थित जबलपुर माविमा अध्यनरत करिब १२० जना विद्यार्थीलाई लागुऔषध दुर्व्यसन, मादक पदार्थ सेवन र यसको असर तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दिपक कुमार राय, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जंगबहादुर कँवर लगायतको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सामान्य रूपमा सुरु हुने कुलतले भविष्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले युवापुस्ताले यसबाट सचेत रहनुपर्ने बताउनुभयो। प्रहरी निरीक्षक रायले लागुऔषध समाजमा बढ्दो सामाजिक विकृतिका रूपमा रहेको उल्लेख गर्दै यससँग सम्बन्धित गतिविधिमा संलग्न हुनेमाथि कडा कानुनी कारबाहीको व्यवस्था रहेको जानकारी दिनुभयो।

त्यस्तै, सशस्त्र प्रहरी निरीक्षक कँवरले विद्यार्थीलाई भविष्य निर्माणका लागि कुलतबाट टाढा रही अध्ययन र मेहनतमा केन्द्रित हुन आग्रह गर्नुभयो । कार्यक्रममा लागुऔषध सेवन र ओसारपसार सम्बन्धी कानुनी प्रावधान तथा त्यसका सामाजिक असरबारे समेत जानकारी गराइएको गाउँपालिकाले जनाएको छ ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img