बैतडी : बैतडीको पाटनमा भिरबाट लडेर बिद्यालय जादै गरेकी छात्रा गम्भीर घाईते भएका छन् । घाईते हुनेमा जिल्लाको पाटन नगरपालिका- २ मा पर्ने सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययरत १६ बर्षिया छात्रा सवित्री पाण्डेय रहेकी छन् ।
बुधबार बिहान बिद्यालय आउने क्रममा स्थानीय खेती भिरबाट लडेर घाईते पाण्डेयलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रधानाध्यपक लक्ष्मण बोहराले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
बेहोस अवस्थामा उपचारका लागि एम्बुलेसमार्फत डडेल्धुरा अस्पताल लगिएको छ । भिरबाट लडेर घाईते हुने क्रमम बढेकाले बिद्यार्थीहरुलाई बिद्यालय आवत आवत गर्दा सचेत हुन बिद्यालयले आग्रह गरेको छ ।









