spot_img

शिक्षकमाथि कुटपिट आरोपमा दुई जना पक्राउ

- Advertisement -

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भई सेटीगाउँ माध्यमिक विद्यालय ककरपाखामा कार्यरत शिक्षक मानसिंह बोहरामाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा सञ्चालन भइरहेको रामलिला अवलोकनका लागि गएका शिक्षक बोहरामाथि शुक्रबार राति कुटपिट भएको हो। घटनामा संलग्न रहेको आरोपमा शैल्यशिखर नगरपालिका–९ का २९ वर्षीय भूपेन्द्र धामी र शैल्यशिखर–५ का २५ वर्षीय राजेन्द्र रावललाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विक्रमबहादुर शाहीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार शुक्रबार राति करिब ११ बजेतिर भएको उक्त घटनामा घाइते भएका बोहरालाई कुटपिटमा संलग्न व्यक्तिहरूले एयरपोर्ट नजिकै छोडेर फरार भएका थिए। घाइते बोहरा शनिबार बिहान आफैँ गोकुलेश्वर अस्पताल पुगेका थिए।

अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको र हाल त्यहीँ उपचार भइरहेको जनाइएको छ। बोहराको अनुहारमा चोट लागेको छ भने स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

यस घटनाप्रति स्थानीय तहमा चौतर्फी आलोचना भइरहेको छ। धार्मिक अनुष्ठानका रूपमा सञ्चालन हुने रामलिला कार्यक्रममा सहभागी शिक्षकलाई कुटपिट गरिनु निन्दनीय भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img