spot_img

दशरथचन्दमा माटो परीक्षण प्रयोगशाला र कृषि एम्बुलेन्स सञ्चालनमा

- Advertisement -

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण र प्रवर्धन गर्ने उद्देश्यले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा स्थापना गरिएको उक्त प्रयोगशालाले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।


नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीका अनुसार किसानहरूले ल्याउने माटोको नमुना निःशुल्क परीक्षण गरी त्यसअनुसार उपयुक्त बाली र मलखाद सम्बन्धी परामर्श प्रदान गरिनेछ । यसबाट माटो सुहाउँदो उब्जनी उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।


यसैबीच, नगरपालिकाले कृषि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारसम्म र्पुयाउन सहयोग गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो । यसबाट कृषिजन्य वस्तुको बजारीकरणमा सहजता आउने जनाइएको छ ।


नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा मंगलबार माटो परीक्षण प्रयोगशाला र कृषि एम्बुलेन्स सेवाको औपचारिक उद्धघाटन गरिएको हो । स्थापना दिवसकै सन्दर्भमा नगरपालिकाले शववाहन सेवा समेत आफ्नै साधनमार्फत सञ्चालनमा ल्याएको छ । यसअघि भाडामा सवारी लिएर सेवा दिँदै आएकोमा अब आफ्नै शववाहन प्रयोग गरिने जनाइएको छ ।
नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टका अनुसार यी कार्यक्रमहरू नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाई) ले चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धता कार्यान्वयनको क्रममा अघि बढाइएका हुन ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img