spot_img

महाकाली नदी किनारमा महिला मृत फेला

- Advertisement -

बैतडी,फागुन २९गते ।

बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिक धारीघाटस्थित महाकाली नदी किनारमा ती महिला मृत फेला परेकी हुन्।

मृत फेला पर्ने महिला भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार महरको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिजोमात्रै बैतडीको सिगास गाउँपालिकामा पनि भीरबाट लडेर एक महिलाको मृत्यु भएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।

बैतडीको मेलौलीमा अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

0
बैतडीको मेलौलीमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि जिल्लास्तरीय अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img