वाशुलिङ बैतडी, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडी जिल्लाको मतगणना सुरु गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जिल्ला अदालतको भवनमा सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले दिउँसो १ बजेदेखि मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार जिल्लाका वडागत रूपमा मतगणना प्रक्रिया अघि बढाइएको छ । बिहीबार सम्पन्न मतदानमा बैतडीमा ४६ दशमलव ७८ प्रतिशत मत खसेको छ । कुल ७१ हजार १४८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । साथै दुई हजार ७० जना अस्थायी मतदाता रहेका छन् ।














