spot_img

बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सुरु

- Advertisement -

वाशुलिङ बैतडी, फागुन २१ गते। बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो।

जिल्लामा एक अस्थायीसहित कुल २ सय १५ मतदान केन्द्र रहेका छन्। सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र हालसम्म कुनै अवाञ्छित घटना नभएको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस जिल्लामा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएकाले निर्धक्क भएर मतदान गर्न आम मतदातालाई उहाँले आग्रह गर्नुभएको छ।

यसैगरी, सबै मतदान केन्द्रमा मतदाताको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा महिलालाई सहज रुपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको उहाँको भनाइ छ।

निर्धारित कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने भएकाले सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले सबै मतदातासँग अनुरोध गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img