back to top
Home निर्वाचन निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन दलहरूको सर्वदलीय बैठक सम्पन्न

निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन दलहरूको सर्वदलीय बैठक सम्पन्न

0
78

वाशुलिङ बैतडी, फागुन २० गते । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा बुधबार सर्वदलीय बैठक सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले निर्वाचन प्रक्रियालाई मर्यादित, पारदर्शी र शान्तिपूर्ण बनाउने विषयमा साझा प्रतिबद्धता जनाएको हो । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आ–आफ्नो स्थानबाट निर्वाचन सफल बनाउन सहयोग गर्ने निर्णय गरेका छन् ।

बैठकले निर्वाचनको मौन अवधि पूर्ण रूपमा पालना गर्ने, निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्ने तथा मतदान केन्द्रमा पुग्ने उम्मेदवार, पत्रकार र पर्यवेक्षकका लागि छुट्टै अवलोकनस्थलको व्यवस्था गर्ने निर्णय गरेको छ । एक मतदान केन्द्रमा बढीमा आधा घण्टासम्म मात्र अवलोकन गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार कारबाही गरिने, निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाइने तथा मतदानको दिन पास प्राप्त सवारी साधन मात्र सञ्चालन गर्न पाइने निर्णयसमेत बैठकले पारित गरेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

फागुन २१ गते सम्पन्न हुने मतदानपछि हुने मतगणना कार्यलाई सहज, सभ्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here