back to top
Home मुख्य समाचार बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को घरदैलो अभियान संचालनमा

बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को घरदैलो अभियान संचालनमा

0
100

पहिलो पटक चुनावी मैदानमा उत्रेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट (माओवादी)ले बैतडीमा घरदैलो अभियान सञ्चालन गरेको छ ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवार सहितको टोलीले जिल्लाका सबै ठाउँमा घरदैलो अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ रामबहादुर कुँवर र समानुपातिकतर्फ भगवती महरा उम्मेदवार रहेका छन् ।

पार्टीको नीति र सिद्धान्तका बिषयमा मतदाताहरुलाई जानकारी गराउने र चुनावमा भाग लिनुको कारण बताउँदै मत मागिरहेको उम्मेदवार कुँवरले जानकारी दिनुभयो

अहिलेसम्म जिल्लाको सुर्नया गाउँपालिका, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गरेको कुँवरले जानकारी दिनुभयो ।

गुलाबको फूल चुनाव चिन्हसहित आफ्नो पार्टी निर्वाचनको मोर्चामा रहेको कुँवरले बताए । नागरिकको अभिमतबाट मात्रै परिवर्तन सम्भव भएकाले आफूहरु चुनावी प्रक्रियामा सहभागी भएको कुँवरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here