spot_img

बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को घरदैलो अभियान संचालनमा

- Advertisement -

पहिलो पटक चुनावी मैदानमा उत्रेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट (माओवादी)ले बैतडीमा घरदैलो अभियान सञ्चालन गरेको छ ।

प्रत्यक्ष र समानुपातिक उम्मेदवार सहितको टोलीले जिल्लाका सबै ठाउँमा घरदैलो अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ रामबहादुर कुँवर र समानुपातिकतर्फ भगवती महरा उम्मेदवार रहेका छन् ।

पार्टीको नीति र सिद्धान्तका बिषयमा मतदाताहरुलाई जानकारी गराउने र चुनावमा भाग लिनुको कारण बताउँदै मत मागिरहेको उम्मेदवार कुँवरले जानकारी दिनुभयो

अहिलेसम्म जिल्लाको सुर्नया गाउँपालिका, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गरेको कुँवरले जानकारी दिनुभयो ।

गुलाबको फूल चुनाव चिन्हसहित आफ्नो पार्टी निर्वाचनको मोर्चामा रहेको कुँवरले बताए । नागरिकको अभिमतबाट मात्रै परिवर्तन सम्भव भएकाले आफूहरु चुनावी प्रक्रियामा सहभागी भएको कुँवरले जानकारी दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img