spot_img

घरवारविहीन जानकी महरालाई २ लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण

- Advertisement -

बैतडी ।घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई विभिन्न व्यक्तिहरूबाट सङ्कलित २ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

पत्रकार तथा सहयोग सङ्कलन अभियानका अभियन्ता सुरेश महराका अनुसार मंगलबार उक्त रकम जानकीलाई हस्तान्तरण गरिएको हो। जानकीका श्रीमान् नरेश महराको गत मंसिर १८ गते मिनिट्रक दुर्घटनामा निधन भएपछि उनी घरसमेत नभई बालबच्चासहित बिचल्लीमा परेकी थिइन्।

श्रीमान्‌को निधनपछि किरियाकाे समयमा समेत छिमेकीको घरमा बस्नुपरेको अवस्थामा सहयोग अभियान सञ्चालन गरिएको थियो।
जानकीको बैंक खाता नहुँदा पत्रकार महराको पहलमा रकम सङ्कलन गरिएको बताइएको छ। सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।

यसैबीच, काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकेडेमी स्कुलले जानकीका बालबालिकाको पठनपाठनको व्यवस्था गरेका छन्। कञ्चनपुरस्थित साथी संस्थाको सहयोगमा जानकी तीन सन्तानसहित काठमाडौँ जाने तयारीमा रहेको जनाइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।

किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिँदै कृषि टोली

0
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img