spot_img

कांग्रेस बैतडीद्वारा १५ औं महाधिवेशन लक्षित पालिकास्तरीय बैठकलाई निरन्तरता

- Advertisement -

बैतडी, पुष ६गते । नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै कांग्रेस बैतडीले पालिकास्तरीय बैठकलाई निरन्तरता दिएको छ ।
महाधिवेशनको तयारी तथा तल्लो तहका अधिवेशनबारे छलफल गर्न आइतबार सिगास गाउँपालिकाको गाँजरी र पुर्चौंडी नगरपालिकाको गिरिजा बगडमा बैठक सम्पन्न गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।
बैठकमा संगठन विस्तार, नयाँ क्रियाशील सदस्यता वितरण तथा वडा, पालिका र जिल्ला अधिवेशनका विषयमा छलफल भएको थियो । बैठकमा पालिका समिति पदाधिकारी, प्रदेश क्षेत्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो ।
यसअघि पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वरमा बैठक सम्पन्न भइसकेको कांग्रेसले सोमबार सुर्नया र दोगडाकेदारमा बैठक गर्ने तयारी गरेको सचिव जोशीले बताए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img