बैतडी, साउन २३गते ।बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँमा आज बिहान अविरल वर्षाका कारण एक घर भत्किएको छ। धर्मे भट्टको दुईतले ढुंगाको कच्ची घर शुक्रबार बिहान पानी पस्दा पूर्णरूपमा भत्किएको अस्थायी प्रहरी चौकी सतबाँझका इन्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो। घर भत्किँदा भित्र कोही नभएकाले कुनै मानवीय क्षति भएको छैन। लगातारको वर्षाले भित्तामा क्षति पुर्याउँदा घर पूर्णरूपमा भत्किएको हो।
अविरल वर्षाले सुर्नयामा घर भत्कियो, मानवीय क्षति छैन
सेयर गर्नु हाेस
सम्बन्धित समाचार










