केशवराज भट्ट, बैतडी। साउन २१गते। निरन्तर वर्षापछि खसेको पहिरोका कारण बैतडीको सिगास गाउँपालिका–९ स्थित रमिलापूर नजिक जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
गएराति करिब १ बजेतिर सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। सुदूरपश्चिमको प्रमुख यातायात नाका मानिने यस राजमार्ग अबरुद्ध भएपछि बझाङ भित्रिने र बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिएका यात्रु धन सिंह बोहराले बताउनुभयो ।
“रातको समयमा यात्रामा थियौँ, अचानक सडक माथिबाट पहिरो खस्यो। हामीहरू बिच बाटोमै रोकिएका छौं,” प्रभावित यात्रु धन सिंह बोहराले बताउनुभयो ।
कार्यालयका अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताउनुभयो । पहिरो पन्छाउन जेसिबी उपकरण पठाउने समन्वय भइरहेको पाण्डेको बताउनुभयो ।
बारम्बारको वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरू सास्ती भोग्दै आएका छन्। वर्षायाम सुरु भएसँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढ्दै जादा बेला बेलामा समस्या हुने गरेको यात्रुहरुको गुनासो छ।








