बैतडी – नेपालमा पछिल्ला दिनमा बैंक खाताबाट पैसा गायब हुने घटनाहरू तीव्र गतिमा बढिरहेका छन । डिजिटल बैंकिङ विस्तारसँगै यस्ता घटनाले उपभोक्ताको विश्वासमा गम्भीर आघात र्पुयाइरहेको छ ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–३ का इञ्जिनियर हरिशंकर जोशीको खाताबाट रकम गायब भएको घटना हालै सार्वजनिक भएको छ । उहाँको नाममा रहेको सिद्धार्थ बैंकको खाताबाट ५४ हजार रुपैयाँ जम्मा भए पनि क्रेडिट कार्ड तिर्ने १५ हजार कटौतीपछि बाँकी ३९ हजार रुपैयाँमध्ये ३१ हजार रहस्यमय ढंगले हराएको देखिन्छ ।
उहाँका अनुसार, “मैले कुनै अनधिकृत कारोबार गरेको छैन । बैंकसँग सम्पर्क गर्दा पनि घटनाबारे स्पष्ट जवाफ पाउन सकिएको छैन, जसले थप आशंका उत्पन्न गराएको छ । ”
इञ्जिनियर जोशीको अनुभव एक्लो घटना मात्र नभई यस्ता गुनासा देशैभरबाट आइरहेका छन् भन्ने आशंका समेत बढ्दो छ । यसले बैंक भित्रको पारदर्शिता, साइबर सुरक्षाको अवस्था तथा नियामक निकायहरूको भूमिकामाथि प्रश्न उठाएको छ । सामान्य उपभोक्ताका लागि यस्ता घटनाले ठूलो मानसिक तनाव सिर्जना गर्नुका साथै बैंकप्रतिको विश्वासमा गम्भीर क्षति र्पुयाउने खतरा देखिन्छ ।
यस्तो परिस्थितिमा राष्ट्र बैंक, साइबर ब्युरो, उपभोक्ता अधिकार संरक्षण समिति लगायत सम्बन्धित निकायले यस्ता घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल छानबिन सुरु गर्नु अपरिहार्य देखिन्छ । बैंकिङ प्रणालीमाथिको जनविश्वास जोगाउन यथाशीघ्र कारबाही र सुधार आवश्यक भइसकेको छ ।
बैंक खाताबाट पैसा गायब हुने घटना : साइबर सुरक्षाप्रति गम्भीर प्रश्न
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो
हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ ।
बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।











