spot_img

बैतडीको सिगास गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

- Advertisement -

केशव भट्ट,बैतडी । बैतडीको सिगास गाउँपालिकालाई ‘पूर्णखोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ। खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निर्धारित सम्पूर्ण खोप पाएको पुष्टि भएपछि मंगलबार यो घोषणा गरिएको हो।

गाउँपालिकाभरिका ५ वर्षमुनिका १ हजार ८७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सबै खोप प्राप्त गरिसकेको सिगास गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक भिमसिंह ऐरीले जानकारी दिनुभयो। उहाँका अनुसार, हरेक वर्ष खोपको सुनिश्चिततापछि पालिकालाई पूर्णखोप पालिका घोषणा गरिँदै आएको छ।

बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्ध राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप दिइँदै आएको जनाइएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले स्वास्थ्य सेवा पहुँच वृद्धि र सुधारप्रति पालिका प्रतिबद्ध रहेको बताउनुभयो।

पूर्णखोप सुनिश्चित घोषणामा योगदान पुर्‍याएको भन्दै गाउँपालिकाभित्रका ९ वटै वडामा रहेका ११ वटा स्वास्थ्य संस्थालाई प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रममार्फत खोपको निरन्तरता र दीगो सुनिश्चितताको लागि सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिँदै कृषि टोली

0
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।

बैतडी जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img