spot_img

बैतडीको पुर्चौडीमा पहिलोपटक अधिकृत खटिए, सेवा प्रवाहमा सहजता

- Advertisement -


केशवराज भट्ट,बैतडी जेठ,३० गते ।
बैतडीको पुर्चाैडीमा रहेकाे ईलाका प्रशासन कार्यालयमा पहिलाेपटक अधिकृत आएका छन।

ईलाका प्रशासन कार्यालय स्थापना भएकाे झण्डै १० वर्षपछि पहिलाेपटक अधिकृतको रूपमा शंकरबहादुर बाेहरा हाजिर हाजिर भएका बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

पुर्चौडीमा वि.स.२०७३ सालमा स्थापना भएकाे यस ईलाका प्रशासनमा अधिकृतकाे दरबन्दी रहेपनि यसअघि नायब सुब्बाले नै काम चलाउदै आउनुभएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।

पुर्चाैडी नगरपालिका र डिलाशैनी गाउँपालिका ४ का बासिन्दालाई नागरिकता प्रमाणपत्र जारी गर्न र प्रतिलिपी दिन ईलाका प्रशासन कार्यालय स्थापना भएकाे उहाले बताउनुभयो ।

४० हजार जनसंख्यालाई लक्षित गर्दै पुर्चाैडीमा ईलाका प्रशासन स्थापना भएकाे थियो। तर त्याहाँ अधिकृत नहुँदा त्याहाँबाट दिइने सेवा प्रभावित हुँदै आएको पुर्चौडीका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जाेशीले बताउनुभयो ।

अधिकृतविहीन हुँदा यहाँबाट नागरिकताकाे प्रमाणपत्र जारी गर्ने तथा प्रतिलिपी दिने काम पछिल्लो केही वर्षदेखि राेकिएकाे जोशीले बताउनुभयो ।

पुर्चाैडीबाट नागरिकता प्रमाणपत्र बनाउनकै लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता रहेकाेमा अब देखि गाउँमै नेपाली नाग्रिताजस्ता कागजपत्रहरु बन्ने भएपछि यहाँका नागरिकको पैसा र समय दुवै बच्ने भएपछि स्थानिय हरु खुशी भएका पुर्चौडी २का चक्र बहादुर बमले बताउनुभयो ।

गएकाे ७ महिनायता कार्यालय हाकिम बिहिन हुँदा नागरिकतासम्बन्धि सबै काम भएर जारी गर्ने अधिकारीकाे हस्ताक्षरका लागि जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यता रहेको बमले बताउनुभयो ।

तर पछिल्लो समय यहाँ अधिकृत आएपछि नागरिकता वितरणकाे काम धमाधम भइरहेकाे उहाँले बताउनुभयो ।

ईलाका प्रशासनमा पहिलाेपटक अधिकृतका रूपमा शंकरबहादुर बाेहरा आउनुभएकाे र उहाँ आइसकेपछि नागरिकता बनाउन सदरमुकाम जानपर्ने यहाँका स्थानीयकाे बाध्यता हटेकाे पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जाेशीले बताउनुभयो ।

उहाँले भन्नुभयाे,”अधिकृत आएसंगै ईलाका प्रशासन पुर्चाैडीबाट नागरिकता बनाउने काम भइरहेको छ। नागरिकताकै लागि सदरमुकाम जानपर्ने बाध्यता समेत हटेकाे छ।”

पहिलाेपटक अफिसर आएपछि ईलाका प्रशासनबाटै छिटो छरिताे रूपमा नागरिकता जारी गर्न सहज हुने जाेशीले बताउनुभयो।

उहाँले भन्नुभयाे,”पुर्चाैडीबाटै नागरिकता जारी हुन थालेपछि सदरमुकाम पुग्नुपर्ने त्यहाँका बासिन्दाकाे झन्झट अन्त्य भएकाे छ।साथै सदरमुकाम आवतजावत गर्ने खर्च पनि कम भयाे। सहजै ईलाकाबाट नागरिकता पाइने भएको हो।

ईलाका प्रशासनबाट नागरिकता जारी हुन थालेपछि जिल्ला प्रशासनका हुने सेवाग्राहीकाे चाप पनि घटेकाे उहाँको भनाइछ।

वि. स. २०७३ साल असार ५ गते स्थापना भएकाे ईलाका प्रशासन कार्यालयबाट हालसम्म नाै हजार दुई सय ९० नयाँ नागरिकता जारी भएका छन भने, तीनहजार पाँच सय २६ प्रतिलिपी बनेका ईलाका प्रशासन कार्यालय पुर्चौडीले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img