spot_img

कन्सर्टको बिचमा उदितनारायणले गरे महिला फ्यानलाई चुम्बन

- Advertisement -

काठमाडौं – भारतमा प्रख्यात नेपाली गायक उदितनारायण झाको एउटा लाइभ कन्सर्टको भिडियो भाइरल भइरहेको छ । आफ्नो चर्चित गित ‘टिप टिप बर्षा पानी’ गाइरहेको  समयमा गायकले मञ्चमा महिला फ्यानलाई एक्कासि चुमिदिन्छन् ।

फ्यानले सेल्फीका लागि बाउन्सरसँग अनुमति लिइरहँदा उदितनारायण ती महिला भएको ठाउँमा आउँछन्, नजिकै बस्छन् र गालामा चुम्छन् । क्लिपमा उनले अरू दुई महिला फ्यानलाई पनि यसैगरी चुमेको देखिएको छ ।

यो भिडियो सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ । यो भिडियो कहिलेको हो भन्ने पुष्टि हुन सकेको छैन । तर इन्टरनेटमा मानिसहरूले यसबारे अलग–अलग प्रतिक्रिया दिइरहेका छन् । कसैले उनको यो कार्यलाई ‘स्पोन्टेनियस गेष्चर’ (अचानक दिइएको प्रतिक्रिया) भनेका छन् भने कसैले यसलाई अनुचित र अस्वीकार्य भनिरहेका छन् । यो भिडियोमा व्यापक बहस भइरहेको छ ।

उदितनारायणको यो भिडियो हेरेपछि धेरै प्रयोगकर्ताहरूले गहिरो निराशा र चिन्ता व्यक्त गरेका छन् । एक जना प्रयोगकर्ताले उदितनारायणबाट यो अपेक्षा नगरिएको भनेका छन् । अर्का एक जनाले भने उदितले आफ्नो सीमा नाघेको र उनको व्यवहार पूर्णतया अस्वीकार्य र अनुपयुक्त भएको बताएका छन् । केही प्रयोगकर्ताहरूले उनीहरूलाई आलोचना गर्दै ‘यो के हो रु’ भनेका छन् ।

अर्का एक जनाले उनी स्टार भएकाले यसलाई हल्का रूपमा लिइएको भनेका छन् । भाइरल भिडियोबारे उदित नारायण वा उनको टोलीबाट कुनै आधिकारिक बयान आएको छैन । रेडियो नेपालबाट आफ्ना करियर शुरु गरेका उदितले १९८० मा आएको फिल्म ‘उन्नी–बीस’ बाट प्लेब्याक डेब्यू गरेका थिए । १९८८ को फिल्म ‘कयामत से कयामत तक’बाट उनी चर्चामा आएका थिए ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी

0
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img