spot_img

टिप्परको ठक्करबाट पाटन नगरापालिकामा कार्यरत कार्यालय सहयोगी बिष्टको मृत्यु,आइतबार शोक बिदा गरिने

- Advertisement -

बैतडी : बैतडीको पाटन नगरापालिकामा कार्यरत कार्यालय सहयोगी मन्धिर सिंह बिष्टको टिप्परको ठक्कर दिँदा मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१– त २६४५ नम्बरको टिप्परले शुक्रबार ठक्कर दिँदा ५३ बर्षीय बिष्टको मृत्यु भएको हो ।

पाटन नगरपालिका –६ घर भएका बिष्टलाई सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसैबीच पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।

नगरपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत बिष्टको निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।

आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा गरिने नगरपालिकाले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

दसैँ मनाउन गाउँ गएका भट्टको घरबाट ६ तोला सुनसहित नगद रकम चोरी

0
दसैँ मनाउन परिवारसहित बैतडी आएका हरिमोहन भट्टको कैलालीस्थित घरबाट ६ तोला सुनसहित नगद रकम चोरी भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img