spot_img

एसिसी मेन्स यू–१६ इस्ट जोन कप,प्रतियोगिता शुक्रबारदेखि सुरु हुने

- Advertisement -

बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को बैतडी छनौटको खेलतालिका सार्वजनिक भएको छ ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

टि–२० फरम्याटमा सञ्चालन हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा महारुद्र क्रिकेट क्लब,बैतडी क्रिकेट एकेडेमी,दशरथचन्द क्रिकेट एकेडेमी र बैतडी युनाइटेड एकेडेमी रहेका छन् ।

समूह बी मा पाटन भ्याली क्रिकेट क्लब,निङ्गलाशैनी क्रिकेट क्लब र पाटन क्रिकेट क्लबलाई राखिएको छ ।

दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा भोलि शुक्रबार हुने उद्घाटन खेलमा महारुद्र क्रिकेट क्लब र बैतडी क्रिकेट एकेडेमी भिड्नेछन् ।

वैशाख २७ गते हुने पहिलो खेलमा बैतडी क्रिकेट एकेडेमी र बैतडी युनाइटेड एकेडेमी तथा दोस्रोमा महारुद्र क्रिकेट क्लब र दशरथचन्द क्रिकेट एकेडेमी खेल्नेछन् ।

वैशाख २८ गते महारुद्र क्रिकेट क्लब र बैतडी युनाइटेड एकेडेमी तथा दोस्रोमा पाटन भ्याली र निङ्गलाशैनी आमने सामने हुनेछन् ।

वैशाख २९ गते पहिलोमा दशरथचन्द एकेडेमी र बैतडी युनाइटेड तथा दोस्रोमा निङ्गलाशैनी र पाटन क्रिकेट प्रतिस्प्रर्धा गर्नेछन् ।

वैशाख ३० गते पहिलो खेलमा पाटन क्रिकेट र पाटन भ्याली तथा दोस्रोमा बैतडी क्रिकेट र दशरथचन्द एकेडेमीबीच भिडन्त हुनेछ ।

प्रतियोगिता अन्र्तगत वैशाख ३१ गते सेमिफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।

पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता तथा दोस्रोमा समूह बी को विजेता र समूह ए को उपविजेता टोली भिड्नेछन् ।

फाइनल भिडन्त जेठ १ गते हुनेछ ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img