spot_img

स्ववियु निर्वाचन: पुर्चाैडीमा नेविसंघको पल्ला भारी

- Advertisement -

बैतडी:
पुर्चाैडी वहुमुखी क्याम्पसमा ६ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि तीन वटा विद्यार्थी संगठन मैदानमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु र अखिल (क्रान्तिकारी) चुनावी मैदानमा छन् । 

नेविसंघले सभापतिमा उत्तरा महरालाई उम्मेदवार बनाएको छ । सचिवमा सन्दिव भण्डारी कोषाध्यक्षमा भागरथी कुमारी जोशी उम्मेदवार छन् । नेविसंघले अस्मिता बिष्ट,चाँदनी कुमारी बम अस्मिता धनुसे,डम्वर वहादुर एेर र केशव साउद सदस्यमा प्रत्यक्षतर्फ र अमिर बडु,संगिता कुवर सरिता धनुसे निर्मला रताेकि,कलावति धामी. जनालाई ,कलावति जाेशि निर्मला जाेशि समानुपातिक सदस्यका लागि पनि उम्मेदवार मैदानमा उतारेको छ । 

अनेरास्ववियुले बिष्णु अवस्थीलाई सभापतिमा उम्मेदवार बनाएको छ ।
यता अखिल (क्रान्तिकारी)ले गिता भण्डारीलाई सभापतिको उम्मेदवार बनाएको छ ।

नेविसंघबाट सभापतिका उम्मेदवार महराले विद्यार्थीको हितमा बिभिन्न एजेण्डा अगाडि सारेका छन् । स्ववियुमा नेविसंघको जित भए क्याम्पसमा विद्यार्थीहरुका समस्या समाधान र क्याम्पसको चौतर्फ बिकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उनको छ ।
शिक्षाको गुणस्तर वृद्धिका लागि मल्टिमिडिया कक्षाको सुरुवात गर्ने, खेलकुद सामग्री सहज रूपमा उपलब्ध गराउने,क्याम्पसलाई सुदुरपश्चिम बिश्वबिधायको आङ्गिक क्याम्पस बनाउन पहल गर्ने लगायतका प्रतिबद्धता पनि नेविसंघले गरेको छ । 

स्ववियु निर्वाचनका लागि पुर्चाैडी बहुमुखी क्याम्पसमा पाँच सय बढी मतदाता रहेका छन् । 
 नेविसंघकाे तर्फवाट महरा अनेरास्ववियुकाेतर्फवाट अवस्थी र कान्त्रिकारी वाट भण्डारी विच त्रिपक्षिय प्रतिस्पदा रहने अनुमान गरिएकाेछ।
नेविसंघकि महरा क्याम्पसका प्रत्येक कार्यहरूमा हरेक बेला खटिने नेतृका रुपमा परिचीत र विद्यार्थी माझ निकै लोकप्रिय छिन,ने बि संघ मा जिल्ला सदस्य भएर काम गरीसकेकोले नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारका रुपमा रहेको बिद्यार्थीहरुको भनाइ छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img